मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

2.4K
SHARES
स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शीतल निवासमा जेनजी प्रतिनिधिमण्डलसँगको छलफल भइरहेकै बेला एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई तुरुन्त अस्पताल लगिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

स्वास्थ्य अवस्थाका कारण शनिबार तय गरिएको वार्ता स्थगित गरिएको छ । अब जेनजी पक्षसँगको संवाद सोमबार मात्रै जारी रहने कार्कीले बताए ।

यसअघि शनिबार नै वार्ताको तयारी भइरहेको समयमा शीतल निवासबाहिर केही जेनजी युवाहरूले असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए । भेटवार्ताको पात्र र प्रक्रिया सम्बन्धी अस्पष्टताका कारण विरोध प्रदर्शन भएको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग फागुन २१ को निर्वाचन तयारीबारे छलफल गर्दै दलहरूलाई समयमै तयारी गर्न सुझाव दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार ०८:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP