मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इम्बोस्ड नम्बर प्लेटमा जरिवाना नलाग्ने विभागको प्रष्टिकरण

1.5K
SHARES
इम्बोस्ड नम्बर प्लेटमा जरिवाना नलाग्ने विभागको प्रष्टिकरण

काठमाडौं । यातायात व्यवस्था विभागले तत्कालै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कुनै किसिमको जरिवाना नलाग्ने जनाएको छ ।

मंगलबार सार्वजनिक विज्ञप्तिमा विभागका महानिर्देशक राजिव पोखरेलले असोज १ गतेदेखि नम्बर प्लेट नजडान गर्ने सवारीलाई तुरुन्तै जरिवाना वा कारबाही गरिने भन्ने हल्ला पूर्ण रूपमा गलत भएको स्पष्ट पारे ।

विभागले सेवाग्राहीलाई आफूलाई सहज हुने समयमा सवारी दर्ता कार्यालयमै गएर स्वतःस्फूर्त ढंगले नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ ।

सरकारले सबै क्षेत्रमा डिजिटलाइजेसनलाई अगाडि बढाइरहेको सन्दर्भमा यातायात क्षेत्र पनि क्रमशः डिजिटलाइज हुने भन्दै विभागले सवारीधनीलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । यसका लागि विभाग र प्रदेश कार्यालयहरूले आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरिरहेको पनि जानकारी दिएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा प्रयोग भएको अंग्रेजी लिपीसम्बन्धी प्रश्न उठेकामा विभागले ठेक्का सम्झौताअनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासले समेत त्रुटि नदेखाएको भन्दै यसलाई उचित ठहराएको छ । साथै, राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रमा समेत अंग्रेजी लिपी प्रयोग भइरहेको उदाहरणसमेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP