मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले कार्यालयमा तोडफोड, प्रशासनसँग कारबाहीको माग

559
SHARES
एमाले कार्यालयमा तोडफोड, प्रशासनसँग कारबाहीको माग

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आफ्ना निर्वाचन परिचालन कार्यालयहरूमा तोडफोड गरिएको जनाएको छ ।

महानगर कमिटीका अध्यक्ष बलराम गिरीद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फागुन २ गते राति विराटनगर महानगरपालिका–१७ मा र फागुन ३ गते राति वडा नं १५ मा रहेको निर्वाचन परिचालन कमिटीको कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो ।

घटनाप्रति गम्भीर आपत्ति जनाउँदै एमालेले यसलाई चुनावी वातावरण बिथोल्ने नियोजित प्रयासको संज्ञा दिएको छ । विज्ञप्तिमा यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरिएको छ ।

पार्टीले निर्वाचन आचारसंहिता विपरीतका घटनामाथि कडा निगरानी र प्रभावकारी अनुगमन गर्न निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ ।

भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबै पक्षको दायित्व भएको उल्लेख गर्दै एमालेले कार्यकर्ता तथा समर्थकलाई संयमता अपनाउन र घटनाप्रति सचेत रहन आग्रह गरेको छ । साथै, लगातार भइरहेका यस्ता गतिविधि नियन्त्रणमा लिन प्रशासनलाई आवश्यक कदम चाल्न पुनः अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ४, सोमबार १२:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP