मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेल आज कतार प्रस्थान गर्दै

2.1K
SHARES
राष्ट्रपति पौडेल आज कतार प्रस्थान गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज कतारको राजधानी दोहा प्रस्थान गर्ने भएका छन् । कात्तिक १८ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा उनी १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको औपचारिक निमन्त्रणामा सहभागी हुँदै सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार आयोजित यो सम्मेलन सामाजिक विकासका मुद्दामा विश्वस्तरीय छलफलको अवसरका रूपमा हेरिएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत ३० वर्षपछि आयोजना हुन लागेको सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिता यसको गरिमाअनुरूप हुने जनाएको छ ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि सामाजिक विकाससम्बन्धी पहिलो विश्व शिखर सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो ।

यस पटक दोहामा हुने सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसंख्या सन्तुलन र प्रविधिले समाजमा पारिरहेको प्रभावजस्ता विषयमा गहिरो छलफल हुने जनाइएको छ । सम्मेलनले सामाजिक विकासका क्षेत्रमा सहकार्य र साझा प्रतिबद्धता पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । हाल नेपाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि राष्ट्रपति पौडेलको सहभागिता विशेष अर्थपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतार भ्रमण सकेर यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १७, सोमबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP