मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ईपीएस आवेदकलाई राहत, साउन १८ सम्म राहदानी आवेदन फाराम खुला रहने

728
SHARES
ईपीएस आवेदकलाई राहत, साउन १८ सम्म राहदानी आवेदन फाराम खुला रहने

काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले आगामी साउन १८ गते सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ ।

विभागले सार्वजनिक बिदा परेका शनिबार र आइतबारलाई समेत मध्यनजर गर्दै आवेदन फाराम खुला राखिएको जनाएको छ । यसबाट ईपीएसका लागि राहदानी बनाउन चाहने सेवाग्राहीले थप समय पाउनेछन् ।

बिहीबार वैदेशिक रोजगार विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ईपीएस आवेदनको म्याद थप गरिएकाले त्यसलाई ध्यानमा राख्दै राहदानी विभागले पनि राहदानी आवेदन फाराम उपलब्ध गराउने अवधि लम्ब्याएको हो ।

यसअघि पनि ईपीएसका कारण राहदानी बनाउने सेवाग्राहीको अत्यधिक चाप देखिएपछि विभागले विशेष रूपमा आवेदन फाराम खुला गरेको थियो । विभागका अनुसार हाल उपलब्ध गराइएका फाराममार्फत आवेदन दिने सेवाग्राहीले आफूलाई तोकिएको मिति र समयमा विभागमा उपस्थित भई राहदानीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ ।

राहदानी विभागले सेवाग्राहीलाई आवेदन फाराममा उल्लेख गरिएको समयतालिका पालना गर्न आग्रह गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १४, बिहीबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP