मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

442
SHARES
समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ प्राप्त सिटका आधारमा सांसदहरूको नाम टुंग्याउन बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा पेश गरिएको बन्दसूचीमा समावेश उम्मेदवारहरूमध्ये पार्टीले पाएको सिट संख्याअनुसार प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यलाई तोकिएको समयमा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १, आईतवार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP