मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपयुक्त समयमा संसद् आउँछु : प्रधानमन्त्री

1.1K
SHARES
उपयुक्त समयमा संसद् आउँछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उपयुक्त समयमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताएका छन् । सभामुख डोलप्रसाद अर्यालले कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले लगातार संसद्मा विरोध जनाउँदै आएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा समेत विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

सभामुखका अनुसार भेटका क्रममा प्रधानमन्त्री बालेनले “उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसदहरूको जिज्ञासाको जवाफ दिने” प्रतिबद्धता व्यक्त गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ७, बिहीबार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP