मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनको भाउ तोलामा तीन लाख नाघ्यो, चाँदी पनि नयाँ रेकर्डमा

1K
SHARES
सुनको भाउ तोलामा तीन लाख नाघ्यो, चाँदी पनि नयाँ रेकर्डमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास बनाएको छ । बिहीबारको तुलनामा तोलामा ९ हजार २ सय रुपैयाँ बढ्दै शुक्रबार सुनको मूल्य तीन लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

यसअघि बुधबार सुनको भाउ एकैदिन १० हजार ४ सय रुपैयाँले उकालो लागेको थियो । तर बिहीबार भने तोलामा २ हजार ९ सय रुपैयाँ घटेर दुई लाख ९२ हजार २ सय रुपैयाँमा झरेको थियो । त्यसपछि फेरि तीव्र वृद्धि हुँदै शुक्रबार सुनले तीन लाखको सीमा पार गरेको हो ।

पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । गएको बुधबार तोलामा १० हजार ४ सय रुपैयाँ बढेर सुनको भाउ दुई लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो । त्यसअघि मंगलबार तोलामा २ हजार ७ सय, सोमबार ४ हजार २ सय र आइतबार ६ सय रुपैयाँले मूल्य बढेको थियो । पछिल्ला ६ दिनमै सुनको भाउ तोलामा २७ हजार १ सय रुपैयाँले बढिसकेको छ ।

यसैबीच चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार तोलामा ३ सय २० रुपैयाँ बढेर चाँदीको भाउ ६ हजार १ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार ०७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP