मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीले प्रसाईंको रिहाइ माग्दै सरकारको कदममाथि प्रश्न गरे

1.6K
SHARES
ओलीले प्रसाईंको रिहाइ माग्दै सरकारको कदममाथि प्रश्न गरे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंको तत्काल रिहाइको माग गरेका छन् । पार्टी मुख्यालय, च्यासलमा बुधबार आयोजित उपत्यकाको स्थानीय तहका जनप्रतिनिधि भेलामा उनले प्रसाईंलाई केवल ‘बोलेको आधारमा’ पक्राउ गरिएको दाबी गर्दै यो कार्य मानवअधिकारविपरीत भएको आरोप लगाए ।

ओलीका अनुसार प्रसाईंले अभिव्यक्ति व्यक्त गरेको वा भिडियो सार्वजनिक गरेको भन्दै सरकारले ‘उत्तेजित’ ढंगले कदम चालेको छ, जुन स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

“अभिव्यक्तिका कारण थुन्नु मानवअधिकार उल्लंघन हो भन्ने कुरा आयोगले पनि बताइसकेको छ । सरकारले यस्तो कदम चाल्ने अधिकार छैन,” ओलीले भने ।

उनले अपराध पुष्टि भएपछि मात्र कानुनी कारबाही सम्भव हुने जनाउँदै अभिव्यक्तिको आधारमा गरिएको गिरफ्तारी कानुनविपरीत रहेको टिप्पणी गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ३, बुधबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP