मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवागढीमा सुख्खा पहिरो, एक युवक घाइते

1.6K
SHARES
रसुवागढीमा सुख्खा पहिरो, एक युवक घाइते

रसुवा । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिरोका कारण एक युवक घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार पर्सा जिल्ला, पटेरुवा सुगौली गाउँपालिका–२ का करिब १९ वर्षीय विमलदास थारू पहिरोमा परी घाइते भएका हुन् ।

टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको पहिराले गत असार २४ पछि अवरुद्ध सडकलाई अझै प्रभावित पारेको छ।

त्यसैगरी स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रको ‘हेल्थ डेस्क’ र चिया पसलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

सीमा सुरक्षामा खटिएका तैथान सुरक्षाकर्मीहरू पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर ज्यान जोगाउन सफल भएका थिए ।

हिमताल फुटेर आएको बाढीबाट पहिले नै त्रसित स्थानीय, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी, मजदुर तथा पैदल यात्रु सुख्खा पहिरोले थप असुरक्षित बनेको गुनासो गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार १२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP