मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ढुवानी लागत बढेको भन्दै उद्योगीले बढाए ग्यासको मूल्य, प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा

455
SHARES
ढुवानी लागत बढेको भन्दै उद्योगीले बढाए ग्यासको मूल्य, प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि त्यसको असर खाना पकाउने एलपी ग्यासको ढुवानीमा परेको छ । वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै उद्योगीहरूले नेपाल आयल निगमको सहमतिमा काठमाडौं उपत्यकामा ग्यासको मूल्य वृद्धि गरेका छन्

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण गरेको छ । त्यसमा ढुवानी खर्चबापत उद्योगीहरूले थप १ सय ५ रुपैयाँ ३८ पैसा वृद्धि गरेका हुन् ।

उद्योग संघका अनुसार भदौ १८ गते बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा ग्यासको मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा एक सिलिन्डर एलपी ग्यासका लागि उपभोक्ताले २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा तिर्नुपर्नेछ ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि ग्यासलगायत अत्यावश्यक वस्तुको ढुवानी वैकल्पिक मार्गबाट गर्नुपर्ने अवस्था आएको र त्यसले ढुवानी लागत बढाएको उद्योगीहरूको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १९, शुक्रबार ०१:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP