मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोसी बाढीमा मृतकको संख्या १२ सय नाघ्यो, चार हजारभन्दा बढी अझै बेपत्ता

689
SHARES
भोटेकोसी बाढीमा मृतकको संख्या १२ सय नाघ्यो, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुगेको छ । बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहीबार मध्याह्न १२ः०० बजेसम्म नदी तथा नदी किनारका विभिन्न क्षेत्रमा १ हजार २५२ जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५५ जनाको रहेको छ ।

यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको संख्या उल्लेख्य रहेको छ । प्राधिकरणका अनुसार विभिन्न ११ वटा जलविद्युत् आयोजनामा कार्यरत करिब ९ सय जना अझै सम्पर्कविहीन छन् ।

त्यस्तै, बाढीपछि ५८३ जना विदेशी पर्यटकसमेत सम्पर्कमा आउन नसकेको प्राधिकरणले जनाएको छ । रसुवा जिल्लामा मात्रै ८६५ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ ।

सम्पर्कविहीनहरूको खोजीका लागि नेपाली सुरक्षाकर्मीले निरन्तर अभियान सञ्चालन गरिरहेका छन् । नेपालसँगै चीन, भारत र दक्षिण कोरियाबाट आएका खोज तथा उद्धार टोली पनि अभियानमा संलग्न छन् । दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा समेत खोजी कार्य जारी राखिएको प्राधिकरणले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १८, बिहीबार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP