मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एक घाइते

1.9K
SHARES
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एक घाइते

धनगढी । कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ । आपसी विवादका क्रममा एक जनाले अर्का कैदीमाथि हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना कैदीले कारागारभित्र रहेका मुल नाइकेमाथि कुटपिट गरेपछि विवाद चर्किएको हो । झडपका क्रममा एक कैदीको नाकमा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।

विवादले उग्र रूप लिन थालेपछि कैदीहरूबीच होहल्ला र गालीगलौज भएको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा कारागार पुगेका थिए ।

एसपी राणाका अनुसार कैदीहरूलाई बुझाउने, सम्झाउने र अनुशासनमा राख्ने प्रयासपछि स्थिति सामान्य भएको हो । कैलाली कारागारमा यस्ता आपसी झगडा र हातपातका घटना पटक–पटक हुने गरेको कारागार प्रशासनले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २८, शनिबार १२:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP