मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईसीसी विश्वकप लिग–२: नेपाल र अमेरिकाबीच आज रोमाञ्चक भिडन्त

3.1K
SHARES
आईसीसी विश्वकप लिग–२: नेपाल र अमेरिकाबीच आज रोमाञ्चक भिडन्त

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को रोमाञ्चक प्रतिस्पर्धामा नेपालले आज संयुक्त राज्य अमेरिकासँग भिड्ने तयारी गरेको छ । लिगको ८६औँ खेल अन्तर्गत नेपाल र अमेरिका दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

यो खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ, किनभने लिगमा आफ्नो स्थान सुधार्न र विश्वकप छनोटमा प्रतिस्पर्धा टिकाइराख्न नेपाललाई जित आवश्यक छ । हाल नेपाल अंकतालिकामा ७औँ स्थानमा रहेको छ । १६ खेलमध्ये ५ मा जित र ९ मा हार व्यहोरेको नेपालका दुई खेल नतिजाविहीन रहेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियतामा नेपाल ३३ रेटिङ अंकसहित १७औँ स्थानमा छ । यद्यपि, पछिल्ला केही खेलमा नेपालले राम्रो प्रदर्शन गर्दै लय समातेको छ । पछिल्ला चार खेलमध्ये तीनमा जित निकाल्दै टोलीले आत्मविश्वास पुनः हासिल गरेको छ । यस कारण नेपाल आज अमेरिकाविरुद्ध कडा चुनौतीका रूपमा उत्रिने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ, अमेरिका पनि सशक्त टोलीका रूपमा लिगमा प्रस्तुत भइरहेको छ । तसर्थ, दुबईमा हुने आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

क्रिकेटप्रेमीहरू भने नेपालले जितका साथ आफ्नो अभियानलाई पुनः उचाइमा पुर्‍याउने आशामा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ९, आईतवार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP