मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली–खनाल भेटवार्ता, पुनर्मिलनको संकेत

2.5K
SHARES
ओली–खनाल भेटवार्ता, पुनर्मिलनको संकेत

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । ओलीको भक्तपुरस्थित निवास गुण्डुमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो ।

यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितको एकताको पहल गरिरहेका बेला खनाल र ओलीबीचको यो छलफललाई राजनीतिक पुनर्मिलनको संकेतका रूपमा हेरिएको छ ।

खनालले एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने तयारीसहित एमालेसँग सहकार्यका विकल्पमा छलफल अघि बढाएको बताइएको छ । समाजवादीका नेता किसान श्रेष्ठका अनुसार खनाल र ओलीबीच सहमति भए आफूहरू खनालकै नेतृत्वमा एमालेमा फर्कने तयारीमा छन् ।

श्रेष्ठले भने, ‘यदि सहमति भयो भने हामी खनालजीको नेतृत्वमा एमालेमा फर्कन्छौं, नभए पनि राष्ट्रिय सभामा कार्यक्रम गरेर ओलीलाई बोलाउँछौं र एक हप्ताभित्र एमालेमा जानेछौं ।’

नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना र अर्जुन राईलगायतले आज (बुधबार) बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गरी यो विषयमा औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।

श्रेष्ठका अनुसार, सो कार्यक्रममा एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई बिना सर्त एमालेमा फर्कन आह्वान गरिनेछ । उनका अनुसार ओलीसँग सिधा वार्ता भइरहेको र एमालेमा फर्कने प्रक्रिया प्रायः निश्चित भइसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP