मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईसीसी टी–२० विश्वकप छनोटः आज नेपाल र यूएई भिड्दै

1.7K
SHARES
आईसीसी टी–२० विश्वकप छनोटः आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपाल यूएई विरुद्ध मैदान उत्रँदै छ । समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को शीर्ष स्थान हासिल गरेको यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले पराजित गरेपछि जापानविरुद्ध ५ विकेटको जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको हो । सुपर सिक्सअन्तर्गत यूएईसँगको खेल आज दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ । यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र यूएईको विगत
एशियाली क्रिकेटमा नेपाल र यूएईबीचको प्रतिद्वन्द्विता निकै रोचक मानिन्छ । दुवै टिमबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १० भेट भएको छ, जसमा दुवैले पाँच–पाँच खेल जितेका छन् । एकदिवसीय क्रिकेटतर्फ नेपाल अगाडि छ—१५ खेलमध्ये ९ मा नेपाल विजयी भएको छ भने यूएईले ६ खेल जितेको छ ।

२०२३ मा भएको त्रिकोणात्मक श्रृङ्खला नेपालले जितेको थियो । त्यही वर्षको एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराएको थियो । तर २०२४ को एसिसी प्रिमियर कपको सेमिफाइनलमा भने नेपाल यूएईसँग पराजित भएको थियो ।

धेरैका नजरमा नेपाल र यूएईबीचको खेललाई ‘एल क्लासिको’को उपमा समेत दिइन्छ, किनकि यी दुई टिमबीचका अधिकांश खेल कडा र रोमाञ्चक बनेका छन् ।

सुपर सिक्सको प्रतिस्पर्धात्मक समीकरण
सुपर सिक्स चरणमा प्रवेश गर्दा नेपाल, यूएई र ओमानले समूह चरणबाटै बोनसका दुई–दुई अंक जोडेका छन् । यी तीन टोली विश्वकप छनोटका मुख्य दाबेदार मानिएका छन् । समूहको उपविजेता बनेर आएको कतार, जापान र सामाओ भने अंकविहीन अवस्थामा सुपर सिक्समा पुगेका छन् ।

नेपालले सोमबार कतारसँग, बुधबार ओमानसँग र असोज ३१ गते (शुक्रबार) अन्तिम खेल सामाओसँग खेल्ने तालिका रहेको छ ।

समूहचरणपछि कुवेत, मलेसिया र पपुवा न्युगिनी विश्वकपको दौडबाट बाहिरिसकेका छन् ।

सुपर सिक्सको शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा सहभागिता पाउनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP