मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तुइनखोलामा निरन्तर पहिरो, नारायणघाट–मुग्लिन सडक अझै अवरुद्ध

2.1K
SHARES
तुइनखोलामा निरन्तर पहिरो, नारायणघाट–मुग्लिन सडक अझै अवरुद्ध

चितवन । तुइनखोलामा निरन्तर ढुंगा खसिरहेकाले नारायणघाट–मुग्लिन सडक पन्छाउन सकस भइरहेको छ । शुक्रबार अपराह्नदेखि सुरु भएको पहिरो राति साढे ७ बजेदेखि सडक पूर्ण अवरुद्ध बनेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार करिब ७० मिटर माथिबाट ढुंगा खसिरहेको छ । पहिरोले सडकमा करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा गेग्रान जमेको छ ।

हाल सडक डिभिजनका दुईवटा लोडर र नेपाल प्रहरीले प्रयोगमा ल्याएको अर्को लोडर परिचालन गरेर सडक खोल्ने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रिराज शर्माले जानकारी दिए । तर ढुंगा खस्ने क्रम अझै नरोकिएको उनले बताए ।

सडक डिभिजन कार्यालयले ढुंगा खस्ने क्रम रोकिएमा थप १० वटा यान्त्रिक उपकरण परिचालन गरी करिब ५ घण्टामा पहिरो पन्छाउन सकिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सडक तत्काल खुल्ने सम्भावना कम भएकाले यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP