मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री लेखकको स्पष्टोक्ति : ‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता हुनै सक्दैन’

2K
SHARES
गृहमन्त्री लेखकको स्पष्टोक्ति : ‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता हुनै सक्दैन’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको आलोचनाबीच उठेका प्रश्नको जवाफ दिँदै उनले आफूलाई नियोजित रूपमा निशाना बनाइएको आरोप लगाए ।

गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोगको विषयमा अख्तियारले अध्यागमन कार्यालय प्रमुखलाई सोधपुछ गरेको भन्ने समाचारबारे सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको बताए । ‘त्यो प्रक्रिया र अनुसन्धानप्रति मेरो कुनै संलग्नता छैन। सामाजिक सञ्जालमा यसबारे फैलाइएका आशंका र टिप्पणीहरू आधारहीन छन्,’ उनले भने।

लेखकले आफूविरुद्ध चलाइएको आलोचना नियोजित राजनीतिक प्रतिशोधको हिस्सा भएको दाबी गरे । ‘केही माननीयहरूले जानीजानी मेरो छवि बिगार्ने प्रयास गरिरहनुभएको छ,’ उनले भने, ‘यदि संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा अहिलेका मन्त्रीलाई जोडेर आरोप लगाउने हो भने विगतका मन्त्रीहरूको कार्यकाल र उनीहरूमाथि उठेका भ्रष्टाचारका प्रश्नहरू पनि संसदमै उठ्ने छन् ।’



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ ३०, शुक्रबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP