मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ मा हुने

2.4K
SHARES
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ मा हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने भनिए पनि मुलुकको वर्तमान अवस्थाका कारण तालिका परिमार्जन गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा हुनेछ । एक मात्र विषयमा पूरक परीक्षा दिने विद्यार्थीले यसै दिन परीक्षा दिनेछन् । दुई विषयमा परीक्षा दिने परीक्षार्थीले भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ ।

त्यसैगरी असोज ८ गते दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीका लागि आफूले छनोट गरेको विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । तर यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा भने नहुने बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले पूरक परीक्षाका लागि परीक्षा केन्द्रहरू यसअघि नै निर्धारण गरिसकेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ०४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP