मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्यमन्त्री लामाले दिए राजीनामा, ‘दलभित्रकै प्रपञ्चका कारण सरकार छाड्नुपर्यो’

4.3K
SHARES
मुख्यमन्त्री लामाले दिए राजीनामा, ‘दलभित्रकै प्रपञ्चका कारण सरकार छाड्नुपर्यो’

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार साँझ पदबाट राजीनामा दिएका छन् ।

२०७८ साउन ९ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका लामाले एक वर्ष ९ दिनपछि पद त्याग गरेका हुन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उनी तामाङ समुदायबाट प्रदेश सरकारको नेतृत्व गर्ने पहिलो व्यक्ति हुन् ।

लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको स्पष्ट पारे । साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत प्रदेश सुशासन हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लामाले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सार्वजनिक गरे ।

कार्यक्रममा उनले आफूले इमान्दारीका साथ काम गरेको जिकिर गर्दै, ‘आफ्नै दलभित्रको चलखेलका कारण सरकार छाड्न बाध्य भएँ,’ भने । घटनाक्रमबाट नभाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यो अवस्थाले लोकतन्त्र र गणतन्त्र नै संकटमा परेको संकेत गरेको आरोप लगाए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार १२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP