मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकपअघि इरान अन्यौलमा, अमेरिकी भिसा अझै नपाउँदा टोली चिन्तित

741
SHARES
विश्वकपअघि इरान अन्यौलमा, अमेरिकी भिसा अझै नपाउँदा टोली चिन्तित

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुदैछ । विश्वकप नजिकिँदै जाँदा इरानको राष्ट्रिय फुटबल टोली भने अमेरिकी भिसा नपाउँदा अन्योलमा परेको छ ।

मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसान्दिदेहले टोलीले हालसम्म अमेरिका प्रवेशका लागि आवश्यक भिसा प्राप्त नगरेको बताएका छन् । उनले इरानलाई अन्य टोलीसरह सहज वातावरण नदिइएको गुनासोसमेत गरेका छन् ।

राजदूत पसान्दिदेहका अनुसार इरानले सुरुमा अमेरिकाको एरिजोनास्थित टक्सनमा प्रशिक्षण शिविर राख्ने योजना बनाएको थियो । तर भिसा प्रक्रियामा अनिश्चितता बढेपछि टोलीले तयारी मेक्सिकोमै गर्ने निर्णय गरेको छ ।

कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार उनले, “अमेरिकाले खेलाडीहरूलाई भिसा दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट छैन,” बताएका छन् ।

प्रतियोगिताको तालिकाअनुसार इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्ने कार्यक्रम रहेको छ । तर भिसा प्रक्रियाको अन्यैलले टोलीको तयारी र सहभागितामाथि प्रश्न उठाएको छ ।

अमेरिका र इरानबीच पछिल्लो समय बढ्दो राजनीतिक तथा सुरक्षा तनावले पनि परिस्थितिलाई थप जटिल बनाएको छ । इरानले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू अमेरिकाबाट हटाएर मेक्सिकोमा सार्न फिफासँग आग्रह गरेको थियो । तर फिफाले निर्धारित तालिकाअनुसार नै खेल सञ्चालन हुने स्पष्ट पारेको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट दूत पाओलो जाम्पोलीले इरानको स्थानमा इटालीलाई विश्वकपमा सहभागी गराउने प्रस्ताव अघि सारेका थिए । चार पटकको विश्वविजेता इटाली छनोट हुन नसकेपछि यस्तो चर्चा चुलिएको थियो ।

तर फिफाले इरानको सहभागितामा कुनै शंका नरहेको बताउँदै आएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि हालै इरानी टोली विश्वकपमा सहभागी हुने विश्वास व्यक्त गरेका थिए ।

इरान र अमेरिकाबीच फुटबल मैदानमा पनि पुरानो प्रतिस्पर्धा रहँदै आएको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले हराएको थियो भने सन् २०२२ को विश्वकपमा अमेरिकाले १–० को जित निकालेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार ०८:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP