मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डा. भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता गर्ने घोषणा

1.7K
SHARES
डा. भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता गर्ने घोषणा

काठमाडौं । गोरखा–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने औपचारिक घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै उनले यो निर्णय सार्वजनिक गरेका हुन् ।

डा. भट्टराईले गोरखा–२ मा उम्मेदवारी दिएका युवाहरू तथा स्थानीय जनताबाट प्राप्त सुझाव–सल्लाहका आधारमा आफू उम्मेदवारी फिर्ता गर्ने निष्कर्षमा पुगेको बताए । ‘मैले आज मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको छु,’ उनले भने ।

उनका अनुसार गोरखाका युवा, नागरिक अगुवा र बुद्धिजीवीहरूले आफू कुनै एक दलको सीमाभित्र बाँधिनुभन्दा समग्र राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्न उपयुक्त हुने सुझाव दिएका थिए । ‘संघीय निर्वाचनमा सहभागी भएर सांसद बन्नुभन्दा बाहिर रहेर दलहरूलाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शक भूमिका खेल्नु उपयुक्त हुने सुझाव आयो,’ उनले स्पष्ट पारे ।

प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखा–२ को प्रतिस्पर्धा थप चासोको विषय बनेको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा (एमाले) बाट मिलन गुरुङ (चक्रेमिलन), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लेखनाथ पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कविन्द्र वुर्लाकोटी उम्मेदवार रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP