मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन–जी आन्दोलनमा आक्रमणः देउवाको टाउकोमा १२ वटा टाँका

1.9K
SHARES
जेन–जी आन्दोलनमा आक्रमणः देउवाको टाउकोमा १२ वटा टाँका

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि जेन–जी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भएको आक्रमणमा गम्भीर चोट लागेर टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा दम्पत्ती आक्रमणपछि सुरुमा निकै आत्तिएका थिए तर अहिले स्वास्थ्य अवस्था सामान्यतर्फ फर्कँदै छ । उनले भने, “देउवाको गर्धनभन्दा माथि टाउकोमा धारिलो हतियार प्रहार भएको छ, जसमा १२ वटा टाँका लगाइएको छ । अवस्था सुधार हुँदै गएको छ ।”

चिकित्सकहरूले धारिलो हतियार प्रहारबाट घाउ लागेको पुष्टि गरे पनि कसले, कुन हतियारले आक्रमण गर्‍यो भन्ने विवरण भने अझै स्पष्ट भएको छैन ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलन हिंसात्मक रूप लिन पुग्दा आक्रमणकारीहरूले देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी र तोडफोड गरेका थिए । त्यस क्रममा घरमै रहेका देउवा र आरजु राणा देउवामाथि हातपात र कुटपिट भएको थियो । घटनापछि दुबैजनाको शरीर रगताम्ये भएको बताइएको छ ।

नेपाली कांग्रेसले सभापति देउवा र केन्द्रीय सदस्य आरजु देउवामाथिको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । प्रचार विभाग प्रमुख विश्वकर्माले भने, “लोकतन्त्रका लागि अविचल योगदान गर्नुभएका सभापति देउवा र आरजु राणा देउवामाथि भएको यो अमानवीय र बर्बर घटनाप्रति पार्टी गहिरो रोष व्यक्त गर्दछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP