मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

2.3K
SHARES
गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

काठमाडौं । पूर्वमन्त्री गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किरातीले संयुक्त रूपमा सहमति–पत्र सार्वजनिक गर्दै मोर्चाको माओवादी केन्द्रमा विलयको घोषणा गरेका हुन् ।

कात्तिक १५ गते नै दुई पक्षबीच सहमति भइसकेको भए पनि उक्त पत्र आज मात्र सार्वजनिक गरिएको हो । सहमति–पत्रमा हालको राजनीतिक परिस्थितिलाई ‘अभूतपूर्व जोखिमपूर्ण’ बताउँदै त्यसलाई सही दिशातर्फ डोर्याउन एकताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।

सहमति–पत्रमा भनिएको छ, “जनयुद्धका बेला अपनाइएको प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्ने नीति अनुसार देशका कान्तिकारीबीच एकता र ध्रुवीकरण आजको प्राथमिक कार्य हो । यही एकताबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली समाजको प्रकृति अनुसारको विकास सम्भव छ ।”

सहमतिको तीन प्रमुख बुँदा

१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने  । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने ।

२. कमरेड गोपाल किराँतीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने ।

३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।

सहमति पत्रमा स्वदेश तथा विदेशमा संघर्षरत मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित, विस्थापित वर्ग, महिला, दलित, जनजाति र पहिचानका पक्षधर सबैलाई राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमसत्ताको रक्षा अभियानमा सहभागी हुन आह्वान गरिएको छ ।

मोर्चा–माओवादी एकतालाई दलाल र नोकरशाही पूँजीवादी शासन अन्त्य गर्दै समाजवाद उन्मुख राज्यव्यवस्थाको कार्यान्वयनतर्फको ‘रणनीतिक कदम’ का रूपमा प्रस्तुत गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १७, सोमबार ०५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP