मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खुरकोट–मन्थली सडकखण्डमा सुरक्षा जोखिमपछि अरनिको यातायातका बस सेवा स्थगित

2.2K
SHARES
खुरकोट–मन्थली सडकखण्डमा सुरक्षा जोखिमपछि अरनिको यातायातका बस सेवा स्थगित

काठमाडौं । नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले काठमाडौँ–खुरकोट हुँदै मन्थलीसम्म सञ्चालन हुँदै आएका आफ्ना सम्पूर्ण व्यावसायिक बस सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार हालै भएको दुर्घटनापछि देखिएको सुरक्षा जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि सेवा रोकिएको हो ।

कम्पनीका अनुसार काठमाडौँबाट खुरकोट हुँदै मन्थलीसम्म सञ्चालन हुँदै आएका सबै बसहरू हाललाई स्थगित गरिएको हो । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानेटार क्षेत्रमा भएको दुर्घटनालाई ध्यानमा राख्दै यात्रु तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस निर्णयबारे सम्बन्धित व्यवसायी, मजदुर तथा कर्मचारीलाई जानकारी गराइसकेको र अवस्थाको मूल्याङ्कनपछि सेवा पुनः सञ्चालनबारे अर्को सूचना जारी गरिने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP