मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुबी साह हत्या प्रकरणः मुख्य आरोपी पासवान शरीर जलेको अवस्थामा भेटिए

2.4K
SHARES
रुबी साह हत्या प्रकरणः मुख्य आरोपी पासवान शरीर जलेको अवस्थामा भेटिए

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई रौतहट प्रहरीले जलेको अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवानले आफैं डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले फेला पारेको हो । माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा हुँदै बिसुनपुरवा–मानपुरतर्फ जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको छ । उनको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ । हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेसभित्र २६ वर्षीया रुबी देवी साहको शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा लैजाने प्रयास गरेका थिए । तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेका थिए । प्रहरीले ५०० रुपैयाँमा भाडामा लगिएको रिक्साका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पासवानसम्म पुग्न सफल भएको हो ।

मृतक रुबी साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन् । उनी माधवनारायण–६, मधोपुरकी सुनिच्छा देवीकी छोरी हुन् । रुबीको विवाह भारत, बिहार, मुजफ्फरपुर निवासी शिवकुमार साहसँग भएको थियो । उनका ४ वर्षका एक छोरा रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०४:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP