मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

143
SHARES
मौसम पूर्वानुमान: देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ, नेपाल नजिक रहेकोभने पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ । यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि बदली रहने सम्भावना छ । मधेस तथा कोशी र बागमतीका तराई भूभागमा भने आंशिक बदली रहनेछ ।

दिउँसो देशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यसैगरी, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ भने तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २६, मंगलवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP