मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ समारोह सम्पन्न

2.3K
SHARES
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ समारोह सम्पन्न

काठमाडौं । बडादशैंको अवसरमा नेपाली सेनाले परम्परागत रूपमा आयोजना गर्दै आएको फूलपाती बढाइँ समारोह यस वर्ष पनि सैनिक मञ्च टुँडिखेलमा भव्य रूपमा सम्पन्न भएको छ ।

सोमबार अपरान्ह सम्पन्न समारोहमा सेनाले राइफल र तोपबाट लहरे र एकट्ठा सलामी प्रस्तुत गर्दै राष्ट्रिय गौरव र परम्पराको सम्मान स्वरूप पुष्पवृष्टि तथा झण्डा प्रदर्शन गरेको थियो । नेपाली सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाई समारोह–२०८२’ लेखिएको विशेष ब्यानर प्रदर्शन गरिनु समारोहको आकर्षणमध्ये एक थियो ।

समारोहको क्रममा सैनिक ब्याण्डले राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै इज्जत अर्पण कवाज, विविध गुल्मद्वारा बढाइँ र मार्चपाससहितको प्रस्तुति गरियो ।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न मन्त्रिगण तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष दशैंको सप्तमी (फूलपाती) को दिन टुँडिखेलमा परम्परागत सैनिक शैलीमा फूलपाती बढाइँ गर्दै आएको छ, जुन राष्ट्रिय संस्कृति र सैन्य गौरवको प्रतीक मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार १२:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP