मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: उपत्यका आसपासका जिल्लाका मतपत्र छपाइ बाँकी

1.4K
SHARES
प्रतिनिधिसभा निर्वाचन: उपत्यका आसपासका जिल्लाका मतपत्र छपाइ बाँकी

काठमाडौं । यहि फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौं उपत्यका आसपासका १४ जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइ मात्रै बाँकी रहेको छ ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यस अवधिमा एक करोड ७१ लाख ६३ हजार मतपत्र छापिएको जानकारी दिइएको छ ।

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा लगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। त्यसैगरी दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम ९नवलपरासी० र मोरङका मतपत्र पनि तयार भइसकेका छन् ।

उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी कुल ६३ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार छापिएका मतपत्र प्याकिङको कामसमेत तीव्र गतिमा भइरहेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ हुँदै आएको छ भने दिनमा ११ देखि १५ लाखसम्म मतपत्र छापिने गरिएको छ । सहायक प्रवक्ता न्यौपानेका अनुसार अब तीन दिनभित्र बाँकी मतपत्र छपाइ सकिने अनुमान गरिएको छ ।

गत पुस २२ गतेदेखि सुरु गरिएको मतपत्र छपाइ कार्यअन्तर्गत पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापी सम्बन्धित जिल्लामा पठाइसकिएको थियो । दोस्रो चरणमा दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ र रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि मात्रै दुई करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ । यसैक्रममा कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु गरिएको छ । सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी कार्य अघि बढाइएको जानकारी आयोगले दिएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र मा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २, शनिबार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP