मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाद्वारा समानुपातिक उम्मेदवार छनोटको समयतालिका सार्वजनिक

3.8K
SHARES
रास्वपाद्वारा समानुपातिक उम्मेदवार छनोटको समयतालिका सार्वजनिक

काठमान्डु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित विस्तृत समयतालिका (टाइमलाइन) सार्वजनिक गरेको छ । आन्तरिक लोकतन्त्रको अभ्यासलाई प्राथमिकतामा राख्दै पार्टीले पुस ३ गतेदेखि १४ गतेसम्म उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण कार्यतालिका तय गरेको हो ।

पार्टीका अनुसार प्रक्रियाको सुरुवात पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेर गरिनेछ । प्रारम्भिक नामावली प्रकाशनसँगै सोही दिनदेखि पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी तथा विरोध दर्ता गर्ने समय तोकिएको छ । प्राप्त दाबी–विरोधको छानबिनपछि पुस ५ गते सम्बन्धित उम्मेदवारहरूसँग छलफल गरिने र त्यसपछि अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिनेछ ।

उम्मेदवार छनोटलाई परम्परागत शैलीभन्दा फरक र वैज्ञानिक बनाउने उद्देश्यले रास्वपाले पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ मापन गर्ने जनाएको छ । यस चरणमा उम्मेदवारहरूको नेतृत्व क्षमता, राजनीतिक ज्ञान, दृष्टिकोण र व्यवहारिक दक्षताको मूल्यांकन गरिनेछ ।

क्षमता परीक्षण सम्पन्न भएपछि पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन आयोजना गरिनेछ । दुवै दिन मतदान कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । यस चरणलाई उम्मेदवार छनोटको निर्णायक प्रक्रिया मानिएको छ ।

सम्पूर्ण चरण पूरा भएपछि पुस १४ गते अन्तिम नतिजा सार्वजनिक गरिने रास्वपाले जानकारी दिएको छ । उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता, सहभागिता र योग्यता सुनिश्चित गर्न समयतालिका सार्वजनिक गरिएको पार्टीको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार १२:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP