मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, वर्षा र हिमपातको सम्भावना

65
SHARES
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्र सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न प्रदेशहरूमा मौसम बदली भएको छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रहरूमा सामान्यतया बदली देखिएको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो पनि यी प्रदेशहरूको पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

मौसमको यस अवस्थाका कारण कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, साथै देशका हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा पनि यस्तै अवस्था रहनेछ भने सुदूरपश्चिम तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाले जनाए अनुसार विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १८, शुक्रबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP