मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सप्तरी गोलीकाण्डः प्रहरीको गोलीबाट एकको मृत्यु भएपछि राजविराजमा तनाव

3.6K
SHARES
सप्तरी गोलीकाण्डः प्रहरीको गोलीबाट एकको मृत्यु भएपछि राजविराजमा तनाव

राजविराज । सप्तरीमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि राजविराजमा चर्को विरोध प्रदर्शन सुरु भएको छ ।

स्थानीय बासिन्दाले आज बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन् ।

मंगलबार राति भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार, राति १० बजेतिर ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यहाँ प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि आत्मरक्षार्थ चार राउन्ड हवाई फायर गरिएको उनले बताए ।

तर सोही क्रममा यादवको बायाँ तिघ्रामा गोली लाग्यो । उपचारका लागि लगिएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा राति ११ः३० बजे उनको मृत्यु भयो ।

स्थानीयले भने प्रहरीले तस्करी नियन्त्रणको नाममा निर्दोष नागरिकलाई गोली हानेर हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव अस्पतालमै राखिएको छ । घटनास्थलको मुचुल्का अहिलेसम्म उठाइएको छैन । पोस्टमार्टमका लागि परिवारजन तयार भएपछि मात्र प्रक्रिया अघि बढ्ने डिएसपी बस्नेतले जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP