मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज पनि मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

1.5K
SHARES
आज पनि मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ । बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

आज पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिमको तराईका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका केही स्थानमा समेत वर्षाको सम्भावना रहेकाले नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १३, बुधबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP