मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने सम्भावना

1.4K
SHARES
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने सम्भावना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ ।

बोर्डका अनुसार प्राविधिक अवरोध नआएमा सोमबार साँझ ७ बजेसम्म नतिजा प्रकाशित गरिने सम्भावना छ ।

कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २१ गतेबाट सुरु भई जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा बोर्डको तथ्याङ्कअनुसार कुल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।

तिनीहरूमध्ये ३ लाख ९५ हजार ९०८ विद्यार्थी नियमित समूहबाट र १ लाख १५ हजार ६१७ विद्यार्थी आंशिक समूहबाट परीक्षामा बसेका थिए ।

यस वर्ष शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा कार्यक्रम १० दिन पछि सरेको थियो । प्रारम्भिक तालिका अनुसार परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तय थियो ।

कक्षा १२ लाई विद्यालय तहको अन्तिम र निर्णायक परीक्षा मानिन्छ, जसको नतिजाले विद्यार्थीको भविष्यको शैक्षिक दिशा निर्धारण गर्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP