मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनी लायन्स प्लेअफमा, जनकपुर बोल्ट्स लिगबाटै बाहिर

4.1K
SHARES
लुम्बिनी लायन्स प्लेअफमा, जनकपुर बोल्ट्स लिगबाटै बाहिर

काठमान्डु । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) टी२० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार जनकपुर बोल्ट्सलाई पराजित गरेपछि लुम्बिनी पहिलो पटक एनपीएल एनपीएलको प्लेअफमा प्रवेश गर्न सफल भएको हो । हारसँगै गत सिजनको विजेता जनकपुर बोल्ट्स भने लिग चरणमै बाहिरिएको छ ।

शुक्रबार सम्पन्न लिग चरणको २५औँ खेलपछि शीर्ष चार टोलीको सूची तय भएको छ । सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स प्लेअफमा स्थान बनाउन सफल रहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेलले ३४ रनसहित उत्कृष्ट प्रदर्शन गरे भने डार्शी शर्टले ३० र जेजे स्मिटले २१ रन जोडे ।

जनकपुरका बलर सङ्गीथ कुरेले तीन विकेट लिए । मयन यादव र सञ्जय कृष्णमुर्तीले क्रमशः दुई र एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन जोडेको थियो । कुरेले नटआउट ४५ रनको योगदान दिए भने मयन यादवले २७ र आशिफ शेखले २० रन बनाए ।

लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई–दुई विकेट लिए । रुबेन ट्रम्पलम्यान र जेजे स्मिटले एक–एक विकेट बटुले ।

दोस्रो संस्करणको एनपीएलका सबै खेल त्रिवि मैदानमै दिउँसो र राति गरी सञ्चालन भइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार १३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP