मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देवानगञ्ज घटनाको छानबिन गर्न समिति घटनास्थलमा, स्थानीयसँग बयान संकलन

26
SHARES
देवानगञ्ज घटनाको छानबिन गर्न समिति घटनास्थलमा, स्थानीयसँग बयान संकलन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ । टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग घटनाबारे जानकारी संकलन गरेको छ ।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए । घटनापछि क्षेत्र तनावग्रस्त बनेको थियो ।

घटनाको विरोधमा प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयले सोमबार सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समिति सोमबार नै विराटनगर पुगेको थियो । त्यही दिन टोलीले उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूको बयान लिएको थियो । बुधबार भने टोली प्रत्यक्ष रूपमा घटनास्थल पुगेर घटनाको अवस्थाबारे अध्ययन गर्नुका साथै स्थानीयसँग छलफल र सोधपुछ गरेको हो ।

समितिले संकलन गरेका विवरण र प्रमाणका आधारमा घटनाबारे प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा बुझाउने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १३, बुधबार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP