मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजको मौसमः पहाडी भूभागमा भारी वर्षाको सम्भावना

1.4K
SHARES
आजको मौसमः पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदरभन्दा दक्षिणतिर तथा पूर्व क्षेत्रमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यसको प्रभावस्वरूप सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्य बदली, तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको मौसम
कोशी, मधेस र देशको पहाडी भूभागमा सामान्य बदली, बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा तथा मधेस, तराई र अन्य पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको मौसम
देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा, अन्य पहाडी तथा तराई भूभागमा थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले भूस्खलन, बाढी तथा अन्य सम्भावित प्राकृतिक प्रकोपप्रति सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP