मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अवैध ‘म्यारिज ब्युरो’ सञ्चालन गर्दै आएका चिनियाँ नागरिक पक्राउ

2.1K
SHARES
अवैध ‘म्यारिज ब्युरो’ सञ्चालन गर्दै आएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । व्यावसायिक भिसामा बसेर अवैध रूपमा ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागको टोलीले काठमाडौंको सोह्रखुट्टे, मिलीजुली चोक क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष रहेका छन् ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार उनीहरूले व्यावसायिक भिसामा रहँदै आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराउने गतिविधि सञ्चालन गरेका थिए भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनका अनुसार हाउजिङ क्षेत्रमा बस्दै आएका ती व्यक्तिहरूले भिसा अनुरूपको व्यवसायबारे कुनै स्पष्ट विवरण दिन सकेका छैनन् ।

ढकालका कथनअनुसार, पक्राउ परेकाहरूले नेपाली किशोरीलाई टिकटक भिडियो बनाउन लगाउने, त्यसकै माध्यमबाट अन्य चिनियाँ व्यक्तिहरूसँग सम्पर्क गराउने र अन्ततः विवाहसम्म पुर्‍याउने काम गर्दै आएका थिए । केही युवतीलाई चीनसम्म पठाइएको प्रारम्भिक छानबिनबाट थाहा भएको विभागले जनाएको छ ।

विभागको अनुसन्धानले पक्राउ परेकामध्ये दुई व्यक्तिले पछिल्ला १० वर्षदेखि पर्यटक, विद्यार्थी र व्यवसायिक भिसाको प्रयोजनमा नेपाल बस्दै आएको पत्ता लागेको छ । उनीहरूको भिसा दुरुपयोग तथा अवैध कार्यमा संलग्नता देखिएको विभागको भनाइ छ ।

विद्यमान कानुनअनुसार नेपालमा गैरकानुनी रूपमा बसोबास वा गतिविधि सञ्चालन गर्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न तथा आवश्यक परे देशबाट निष्कासन गर्न सकिने व्यवस्था छ । विभागले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP