मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढी प्रभावित क्षेत्रमा हैजा रोकथामका लागि खोप अभियान तीव्र

377
SHARES
बाढी प्रभावित क्षेत्रमा हैजा रोकथामका लागि खोप अभियान तीव्र

काठमाडौं । बाढीपछि खानेपानी र सरसफाइको अवस्था प्रभावित हुँदा हैजा फैलिने जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रभावित जिल्लामा खोप तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र पारेको छ ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि हैजाविरुद्धको ८० हजार ५ सय २३ डोज खोप पठाएको छ । खोपसँगै २३ बक्स, १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०।६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ ।

रसुवामा भने आवश्यक खोप यसअघि नै हेलिकप्टरमार्फत पठाइसकिएको छ । त्यहाँ बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणालीमा क्षति पुगेकाले हैजासहित विभिन्न पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जोखिम रहेको मन्त्रालयको भनाइ छ । यही जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रण र रोकथामलाई प्राथमिकता दिई खोप अभियान अघि बढाउन लागिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २३, मंगलवार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP