मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचान गर्न डीएनए नमूना माग

455
SHARES
भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचान गर्न डीएनए नमूना माग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट सम्पर्कविहीन भएका ४७ कर्मचारीको पहिचानका लागि नेपाल विद्युत् प्राधिकरणले डीएनए परीक्षण गर्न आफन्तबाट नमूना उपलब्ध गराउन आग्रह गरेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले परियोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।

शनिबार जारी विज्ञप्तिमा प्राधिकरणले नेपाली सेना तथा सम्बन्धित निकायको समन्वय र सहयोगमा बेपत्ता कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । खोजीका क्रममा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङ संरचनाबाट दुई कर्मचारीको जीवितै उद्धार गरिएको छ भने एक कर्मचारीको शव फेला परेको छ ।

तर, अन्य कर्मचारीहरू अझै फेला पर्न नसकेको प्राधिकरणले जनाएको छ । बेपत्ता कर्मचारीको पहिचान सुनिश्चित गर्न नेपाल प्रहरीले उनीहरूका नजिकका आफन्तबाट डीएनए परीक्षणका लागि ताजा रगतको नमूना संकलन गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

प्राधिकरणले बेपत्ता कर्मचारीका सबैभन्दा नजिकका रगतका नातेदारलाई दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

डीएनए परीक्षणका लागि नमूना दिएपछि प्राप्त हुने स्लिप तथा परीक्षणपछि उपलब्ध प्रतिवेदनसमेत सम्बन्धित ह्वाट्सएप समूहमा पठाइदिन प्राधिकरणले अनुरोध गरेको छ ।

वेपत्ता प्राधिकरणका कर्मचारीः

१. बिनोद प्रसाद पाण्डेय (३६ वर्ष) – सहायक प्रबन्धक, मेकानिकल – दशरथचन्द-३, बैतडी
२. दिलीप यादव (४६ वर्ष) – इन्जिनियर, सिभिल – बैरियाबिरटा-३, पर्सा
३. राजेन्द्र ढकाल (३१ वर्ष) – इन्जिनियर, मेकानिकल – दान्डीगुरासे-२, सिन्धुली
४. महेन्द्र बिक्रम शाही (३० वर्ष) – इन्जिनियर, मेकानिकल – सिमा-२, जाजरकोट
५. सन्तोष कुमार ठाकुर (४४ वर्ष) – सहायक इन्जिनियर, इलेक्ट्रिकल – भुमरपुरा-८, महोत्तरी
६. इन्द्र अधिकारी (४३ वर्ष) – सहायक इन्जिनियर, मेकानिकल – बुटवल-६, रुपन्देही
७. ओम प्रकाश चौधरी (४१ वर्ष) – सहायक इन्जिनियर, मेकानिकल – मोहनपुर-५, सप्तरी
८. बिकास यादव (३३ वर्ष) – सुपरभाइजर, सिभिल – पिपरा-३, महोत्तरी
९. रमेश कुमार यादव (३२ वर्ष) – सुपरभाइजर, मेकानिकल – हर्दिया-५, बारा
१०. सानु बहादुर श्रेष्ठ (५५ वर्ष) – सुपरभाइजर, मेकानिकल – बिदुर-९, नुवाकोट
११. आइता तामाङ (४९ वर्ष) – सुपरभाइजर, मेकानिकल – चालाल-८, काभ्रेपलाञ्चोक
१२. हरि बहादुर बोगटी (५७ वर्ष) – फोरम्यान, इलेक्ट्रिकल – कल्याणपुर-४, नुवाकोट
१३. खगेन्द्र मगरती (३९ वर्ष) – फोरम्यान ड्राइभर – कमलामाई-६, सिन्धुली
१४. सूर्य बहादुर के.सी. (३७ वर्ष) – फोरम्यान, मेकानिकल – नयागाउँ-३, प्युठान
१५. रबिना तुलसीबाख्यो (३१ वर्ष) – फोरम्यान, सिभिल – भक्तपुर-८, भक्तपुर
१६. रमिला भण्डारी (३४ वर्ष) – फोरम्यान, मेकानिकल – खुदी-१, लमजुङ
१७. कुमार बहादुर राउत (५७ वर्ष) – ड्राइभर – जोगिमार-८, धादिङ
१८. अमर कान्त चौधरी (४१ वर्ष) – जुनियर मिस्त्री – बर्माझिया-८, सप्तरी
१९. नारायण प्रसाद अर्जेल (५७ वर्ष) – इलेक्ट्रिसियन – त्रिशूली-१, नुवाकोट
२०. सुदीप कुमार श्रेष्ठ (३९ वर्ष) – जुनियर मिस्त्री – बिदुर-४, नुवाकोट
२१. तेज बहादुर जिरेल (४८ वर्ष) – फोरम्यान, मेकानिकल – जिरी-१, दोलखा
२२. जिब लाल अधिकारी (४२ वर्ष) – सुपरभाइजर, मेकानिकल – गजेहडा-९, कपिलवस्तु
२३. तिल बहादुर राना (५३ वर्ष) – सहायक इन्जिनियर, मेकानिकल – बिर्घा अर्चाले-९, स्याङ्जा
२४. किर्त सिंह बिष्ट (४४ वर्ष) – सुपरभाइजर, इलेक्ट्रिकल – दिपायल सिलगढी-१३, डोटी
२५. निराज बाबु रेग्मी (४३ वर्ष) – सुपरभाइजर, मेकानिकल – हुँगी-३, पाल्पा
२६. झपट बहादुर घर्ती – दैनिक ज्यालादारी – चिती, लमजुङ
२७. अस्मिता लामा – दैनिक ज्यालादारी – इन्द्रसरोवर-१, मकवानपुर
२८. शान्ति माया तामाङ – दैनिक ज्यालादारी – (ठेगाना उल्लेख छैन)
२९. सोम लाल गोले – दैनिक ज्यालादारी – थाहा-५, मकवानपुर
३०. राधिका भुजेल – दैनिक ज्यालादारी – चिती, लमजुङ
३१. माया मिजर – दैनिक ज्यालादारी – (ठेगाना उल्लेख छैन)
३२. राम शरण न्यौपाने (४४ वर्ष) – सेवा करार (नेपाल एक्स) – किस्पाङ-५, नुवाकोट
३३. सन्तोष तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३४. रोशनी तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३५. मिलन तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३६. कामन सिंह तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३७. सुशन भट्टराई – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३८. दिपक रिमाल (३८ वर्ष) – ड्राइभर (सेवा करार) – किस्पाङ-५, नुवाकोट
३९. राज कुमार भट्टराई – सेवा करार (इन्फोटेक) – (ठेगाना उल्लेख छैन)
४०. कान्छी गुरुङ चौधरी – सेवा करार (इन्फोटेक) – (ठेगाना उल्लेख छैन)
४१. सर्मिला अधिकारी (४६ वर्ष) – हेल्पर, इलेक्ट्रिकल – खड्का भञ्ज्याङ-७, नुवाकोट
४२. गोबिन्द भण्डारी – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
४३. हर्क बहादुर तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
४४. लाक्पा लामा – दैनिक ज्यालादारी – (ठेगाना उल्लेख छैन)
४५. मीना शाह धिताल – सेवा करार (नेपाल सेक्युरिटी) – (ठेगाना उल्लेख छैन)
४६. निराजन पंगेनी (३७ वर्ष) – इन्जिनियर – सौ. फर्साटिकर-३, रुपन्देही
४७. तुलसी प्रसाद भट्ट – सुरक्षा गार्ड (लक्ष्मी कृष्ण सेक्युरिटी) – मनकामना-९, नुवाकोट

 



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २१, आईतवार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP