मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रका मतपत्र छपाइ पूरा

624
SHARES
४४ जिल्लाका १०० निर्वाचन क्षेत्रका मतपत्र छपाइ पूरा

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ । छपाइ सम्पन्न भएका जिल्लामध्ये डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथर रहेका छन् ।

यसैगरी इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट–सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङका मतपत्र छपाइ पनि पूरा भइसकेको छ ।

लमजुङ, तनहुँ, स्याङ्जा र बर्दियासहित हालसम्म जम्मा ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । छपाइ सकिएका जिल्लाका मतपत्र ‘प्याकिङ’ समेत भइसकेको र अहिलेसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ गरिएको सहायक प्रवक्ता जिसीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीअन्तर्गतका मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु गरिएको थियो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस २६ गतेदेखि छपाइ सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ, रुजु तथा ढुवानीको तयारी अवस्थामा राखिएको आयोगको भनाइ छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्यअनुसार माघ १६ गते बाट छपाइ कार्य सुरु गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०१:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP