मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सबै दलबीच चुनावमा सहमति, एमालेको आशंका

4.3K
SHARES
सबै दलबीच चुनावमा सहमति, एमालेको आशंका

काठमाडौं । आगामी निर्वाचनको तयारी र आवश्यक पूर्वाधार सुनिश्चित गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा विभिन्न दलका नेताहरू र सरकारका उच्च प्रतिनिधिहरू सहभागी छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, बैठकको प्रमुख एजेन्डा आगामी निर्वाचनकै तयारीमा केन्द्रित छ । “सभी दलहरू चुनावप्रति सकारात्मक छन्, तर सुरक्षा र व्यवस्थापनमा सरकारको भूमिका निर्णायक हुने सबैले जोड दिएका छन्,” खरेलले जानकारी दिए ।

छलफलमा सहभागी राजनीतिक दलहरूले निर्वाचनमा जानुपर्नेमा स्पष्ट सहमति जनाएका छन् । तर, नेकपा एमालेले सरकारको तयारीमाथि प्रश्न उठाएको छ ।

“सरकार चुनाव गराउन सक्षम छ कि छैन भन्ने प्रश्न उठेको हो, तर चुनावको विरोध गरिएको होइन,” मन्त्री खरेलले भने ।

बैठकको पहिलो चरणमा नेताहरूले पालैपालो आफ्ना धारणा प्रस्तुत गरे । धारणा राख्ने नेताहरूमा शंकर पोखरेल (एमाले), पम्फा भुसाल (माओवादी केन्द्र), प्रेम सुवाल (नेमकिपा), राजेन्द्र गुरुङ (राप्रपा), गगन थापा (कांग्रेस), स्वर्णिम वाग्ले (रास्वपा), रेशम चौधरी (स्वतन्त्र), चन्दन सिंह (स्वतन्त्र), राजेन्द्र पाण्डे (एकीकृत समाजवादी) र उपेन्द्र यादव (जसपा) रहेका थिए ।

सरकारतर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल,
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन aपरियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।

बैठकमा कांग्रेस (गगनकुमार थापा, प्रकाशशरण महत), एमाले (शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली), नेकपा (माओवादी केन्द्र (वर्षमान पुन, पम्फा भुसाल), रास्वपा (स्वर्णिम वाग्ले, सोविता गौतम), राप्रपा (राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ), जसपा (उपेन्द्र यादव, प्रकाश अधिकारी), नेकपा -एकीकृत समाजवादी- (राजेन्द्र पाण्डे, प्रकाश ज्वाला) सहभागी छन् ।

बैठक अझै जारी रहेकोले अन्तिम निष्कर्ष आउन बाँकी छ । तर सुरुवाती छलफलले सहमतिपूर्ण निर्वाचनतर्फको वातावरण बन्न थालेको संकेत देखाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ४, मंगलवार १५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP