मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल

533
SHARES
निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन् ।

मंगलबार शेर्पा संघद्वारा आयोजित ग्याल्पो ल्होसार २१५३औँ मे फो त ल्हो (नयाँ वर्ष) को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत अभिव्यक्त गर्ने प्रमुख माध्यम निर्वाचन नै भएको बताए ।

उनले फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । “लोकतन्त्रमा जनताको मतमार्फत नै शासन सञ्चालनको आधार तय हुन्छ, त्यसैले यस निर्वाचनलाई सफल बनाउन म सबैमा अपिल गर्दछु,” उनले भने ।

राष्ट्रपति पौडेलले सुशासन र समृद्धि एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गर्दै सुशासनबाटै देशमा दिगो विकास सम्भव हुने धारणा राखे । समृद्धिले नै शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने उनको विश्वास थियो ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते देशभर सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ५, मंगलवार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP