मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङ दुर्घटना, १७ को मृत्यु, २४ घाइते

416
SHARES
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङ दुर्घटना, १७ को मृत्यु, २४ घाइते

काठमाडौं । धादिङ जिल्लामा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान करिब १ः३० बजे पृथ्वी लोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा दुर्घटनामा परेको हो । बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष टोलीसमेत घटनास्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार १७ जनाको शव घटनास्थलमै फेला परेको छ । घाइते २४ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतक तथा घाइतेहरूको पहिचान गर्ने काम जारी रहेको छ ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार तथा खोजी कार्य भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ११, सोमबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP