मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाजवादी मोर्चाबाट बाहिरियो नेकपा

1.7K
SHARES
समाजवादी मोर्चाबाट बाहिरियो नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जारी गरेको वक्तव्यमा २०८० सालमा चार दलको सहभागितामा बनेको समाजवादी मोर्चा अहिलेको राजनीतिक परिस्थितिमा औचित्यहीन बनेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा तथा भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले मोर्चा गठन गरिएको थियो, तर अपेक्षित गतिमा काम अघि बढ्न सकेन ।”

विप्लवका अनुसार जेन–जी आन्दोलनपश्चात नेपालको राजनीतिक परिदृश्यमा व्यापक परिवर्तन आएपछि नयाँ प्रकारका एकता र मोर्चाबन्दीहरू बन्न थालेका छन् ।

“समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ,” वक्तव्यमा भनिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०४:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP