मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अतिरिक्त समयमा अर्जेन्टिनाको नाटकीय जित, अन्तिम १६ मा इजिप्टसँग भिड्ने

676
SHARES
अतिरिक्त समयमा अर्जेन्टिनाको नाटकीय जित, अन्तिम १६ मा इजिप्टसँग भिड्ने

काठमाडौं । साविक विश्वविजेता अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

राउन्ड अफ ३२ अन्तर्गत सम्पन्न रोमाञ्चक खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समय पनि उत्तिकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ दुवै टोलीले गोल गर्दै खेललाई थप रोमाञ्चक बनाए ।

अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनल मेसीको गोलमार्फत अग्रता लिएको थियो । तर ५९औँ मिनेटमा डेराए डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काए र निर्धारित समय १–१ को बराबरीमा समाप्त भयो ।

अतिरिक्त समयको दोस्रो मिनेट अर्थात् ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर केप भर्डेले हार नमानी १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालको उत्कृष्ट गोलबाट पुनः २–२ को बराबरी कायम गर्‍यो ।

खेलको निर्णायक क्षण १११औँ मिनेटमा आयो । मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोको हेडर केप भर्डेका डिनेको शरीरमा लागेर आफ्नै पोस्टमा छिर्दा अर्जेन्टिनाले ३–२ को अग्रता बनायो । यही गोल नै खेलको विजयी गोल सावित भयो ।

पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेले साविक विश्वविजेतालाई अन्तिम समयसम्म कडा चुनौती दिए पनि ऐतिहासिक नतिजा निकाल्न सकेन । उत्कृष्ट प्रदर्शनका बाबजुद उसको यात्रा अन्तिम ३२ बाटै टुंगिएको छ ।

यस जितसँगै अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ, जहाँ उसले पहिलोपटक अन्तिम १६ पुगेको इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २०, शनिबार ०१:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP