मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनताको मतले मात्रै नेतृत्व सम्भव : कुलमान घिसिङ

702
SHARES
जनताको मतले मात्रै नेतृत्व सम्भव : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण वा सामाजिक सञ्जालको प्रचारबाट नभई जनताको विश्वास र मतबाट मात्रै देशको नेतृत्व सम्भव हुने बताएका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पार्टी सामाजिक सञ्जालको प्रभावभन्दा पनि जनतालाई प्रत्यक्ष सेवा र परिणाम दिन सकेकै कारण स्थापित हुँदै गएको दाबी गरे । जनताको मत जितेर आगामी दिनमा देशको नेतृत्व गर्ने लक्ष्य पार्टीले लिएको उनको भनाइ थियो ।

घिसिङले उज्यालो नेपाल पार्टीले जेनेरेशन–जी (जेनजी) को भावना र अपेक्षा अनुसार देशमा परिवर्तन ल्याउने उद्देश्यका साथ राजनीतिक यात्रा अघि बढाएको बताए । उनले काम नगरी केवल भाषणका भरमा कोही पनि प्रधानमन्त्री बन्न नसक्ने उल्लेख गर्दै जनताले विश्वास गरेर चुनेपछि मात्रै नेतृत्व सम्भव हुने धारणा राखे ।

आगामी निर्वाचनमा मधेस प्रदेशमा पार्टीका धेरै उम्मेदवार रहने जानकारी दिँदै उनले चुनावी परिणाम पनि आफ्नो पार्टीको पक्षमा आउने विश्वास व्यक्त गरे । हाल मधेसका जनतासँग भेटघाट र संवादका लागि आफूहरू आएको उल्लेख गर्दै उनले आगामी दिनमा स्पष्ट एजेन्डासहित पुनः आउने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २२, बिहीबार ०८:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP