मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजदेखि डिलरमार्फत नियमित रूपमा एलपी ग्यास बिक्री हुने

663
SHARES
आजदेखि डिलरमार्फत नियमित रूपमा एलपी ग्यास बिक्री हुने

काठमाडौं । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सम्बन्धित उद्योगका आधिकारिक डिलरमार्फत नियमित प्रक्रियाअनुसार हुने भएको छ ।

नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै भदौ १ गते सोमबारदेखि उद्योगहरूले नियुक्त गरेका बिक्रेतामार्फत ग्यास बिक्रीको व्यवस्था मिलाइएको जनाएको हो । निगमले ग्यास आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ ।

ग्यास वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले उद्योग तथा बिक्रेतालाई दैनिक बिक्रीको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिण्डरको संख्यासहितको विवरण बिहान ९ः०० बजेसम्म निगममा पठाउनुपर्नेछ ।

त्यस्तै, बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ । उद्योगहरूले उक्त विवरण सोही दिन निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

निगमका अनुसार ग्यास वितरण गर्दा अत्यावश्यक घरेलु प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिनुपर्नेछ । ग्यास ढुवानी तथा वितरणमा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न गृह मन्त्रालयमार्फत अनुरोधसमेत गरिएको छ ।

ग्यास वितरणको अनुगमनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमबाट खटिएका जनशक्तिको संयुक्त टोली परिचालन गरिने निगमले जनाएको छ ।

नजिकको बिक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न सक्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १, सोमबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP