मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री र रवि लामिछानेको प्रवेशलाई लिएर संसद्मा विवाद, एमालेद्वारा नियम उल्लंघनको आरोप

910
SHARES
प्रधानमन्त्री र रवि लामिछानेको प्रवेशलाई लिएर संसद्मा विवाद, एमालेद्वारा नियम उल्लंघनको आरोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले धारणा राखिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद् भवनभित्र प्रवेश गरेपछि सदनमा विवाद उत्पन्न भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (६) को उल्लेख गर्दै कुनै सांसदले बोलिरहेको समयमा सदनमा आवतजावत गर्नु संसदीय मर्यादाविपरीत भएको बताए । उनले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले संसदीय नियमको पालना नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

महरले उक्त घटनाप्रति औपचारिक रूपमा नियमापत्ति जनाउँदै सभामुख डीपी अर्याललाई आवश्यक रुलिङ गर्न आग्रह गरे । उनका अनुसार संसद्को कार्यवाही चलिरहेका बेला उच्च पदस्थ व्यक्तिहरूले समेत नियमको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री शाह पछिल्ला केही दिनयता काठमाडौंका न्यूरोड क्षेत्र तथा सञ्चारमाध्यमका कार्यालयअगाडि देखिएका शंकास्पद सवारीसाधनको विषयमा सरकारमाथि चर्को आलोचना भइरहेको अवस्थामा संसद्मा पुगेका थिए । विपक्षी दलहरूले ती घटनालाई लिएर सरकारमाथि लगातार प्रश्न उठाइरहेका छन् ।

संसद्मा प्रवेश गर्नुअघि प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेबीच करिब पाँच मिनेट गोप्य छलफल भएको पनि बुझिएको छ । त्यसपछि प्रधानमन्त्री र केही समयपछि लामिछाने सदनमा प्रवेश गरेका थिए ।

उनीहरूको प्रवेशको समयलाई लिएर उठेको विवादले संसद्मा फेरि संसदीय आचरण र नियमको पालनाबारे बहस सुरु गराएको छ । विपक्षी दलले यस विषयमा सभामुखबाट स्पष्ट रुलिङको माग गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP