मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ २३–२४ का घटनामा संलग्नमाथि तत्काल कारबाही गर्न सकिने : जाँचबुझ आयोग

2.5K
SHARES
भदौ २३–२४ का घटनामा संलग्नमाथि तत्काल कारबाही गर्न सकिने : जाँचबुझ आयोग

काठमाडौं । भादौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धान र कानुनी कारबाही गर्न सकिने स्पष्ट पारेको छ ।

मंगलबार सार्वजनिक गरेको एक विज्ञप्तिमा आयोगले, यस्ता फौजदारी प्रकृतिका मुद्दाहरूमा आयोगको प्रतिवेदन कुरेर मात्र कारबाही गर्ने आवश्यकता नरहेको बताएको हो ।

आयोगको भनाइ अनुसार, नेपाल सरकारले असोज ९ गते सार्वजनिक गरेको गृह मन्त्रालयको विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आयोगको कार्यक्षेत्र रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने उल्लेख गरे पनि, गैरकानुनी गतिविधिहरूमा भने प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको थियो ।

तर मन्त्रालयको यो अभिव्यक्तिले प्रहरीले विशेषगरी २४ गतेको जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान अगाडि नबढाएको आरोप लागेको छ ।

आयोगले पुनः स्पष्ट पारेको छ कि, आफ्नो कार्यादेश भित्र भौतिक तथा मानवीय क्षतिको मूल्यांकन र सिफारिस मात्र गर्नुपर्ने भए पनि, फौजदारी मुद्दा स्वतन्त्र रूपमा कानुनअनुसार अगाडि बढ्न सक्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २१, मंगलवार १२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP